ट्रक दुर्घटना: एकको मृत्यु, ९ घाइते

पोखरा न्यूज – २३, असार ।  रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ४ ख ९७११ नं को ट्रक सल्यानको ट्रक कपुरकोट गाउँपालिका–३ आगरखोलाको घुम्तीमा आज दिउँसो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ का ५३ वर्षीय शिक्षक दुर्गाबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालक दाङ तुलसीपुर उपमहानगरपालिकाका ताराप्रसाद खड्का र सोही ठाउँ निवासी २० वर्षीय सहचालक यज्ञबहादुर खड्का गम्भीर घाइते भएका छन्  । चालक र सहचालकको तुलसीपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका अन्य व्यक्तिको तुलसीपुरमा उपचार भइरहेको छ । ट्रक सडकदेखि ५० मिटर तल खसेकोे छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय कपुरकोट र जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले उद्धार गरेको थियो । अविरल वर्षाका कारण उद्धारकार्यमा कठिनाई भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button