तनहुँ: रङ्गशालामा प्यारापिट निर्माण

पोखरा न्यूज – २३, असार ।  तनहुँको  भिमाद नगरपालिकाले रङ्गशालामा प्यारापिट निर्माण गरेको छ ।

नगरपालिकाले दर्शकको सहजताका लागि भिमाद नगरपालिका–६ क्याम्पस रोडस्थित रङ्गशालामा उक्त प्यारापिट निर्माण गरेको हो ।

प्यारापिटको लम्बाइ ७७ मिटर तथा चौडाइ ११ मिटर रहेको रङ्गशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष उज्वल खनालले जानकारी दिए ।

प्यारापिटको क्षमता झण्डै तीन हजार दर्शक अटाउने रहेको छ । सो कार्यका लागि नगरपालिकाले रु ४६ लाख ८० हजार तथा स्थानीयवासीले रु छ लाख चार हजार सहयोग गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button