प्रहरी र विप्लव कार्यकर्ता बीच गोली हानाहान: २ को मृत्यु, १ घाइते

पोखरा न्यूज – २५, असार । भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते भएक छन । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गोली लाग्नसाथ अस्पताल लगिएका दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button