पोखरामा हेरिटेज अफ फेसन नेपाल हुने

पोखरा न्यूज – २६, असार । पर्यटकीय नगरी पोखरामा साउनको १८ गते हेरिटेज अफ फेसन नेपाल हुने भएको छ । एएसएपी इन्टरटेनमेन्टको प्रस्तुततीमा चितवन, र पोखराका मोडलहरु बिच साउनमा कार्यक्रम हुने बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।

नेपालका विभिन्न जातजातिको पुख्र्यौली पहिरन देखि सांस्कृतिक सम्पदा झल्कने पहिरनका डिजाइन यस फेसन सोमा प्रर्दशन गरिने भएको डिजाइनर देविना भट्टराईको बुद्ध वाज बर्न इन नेपाल, जानकी कडायतको निर्माण कन्स्ट्रक्सन अफ हेरिटेज, तेजु मगरको नेपाल सौन्दर्य र सुपी रसाइलीको दरबार गरी चार सिक्वेन्समा फेसन सो हुने भएको एएसएपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बताए ।

कार्यक्रममा स्टपरको रुपमा मोडल, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, कर्पोरेट क्विन २०१९ शित्तल थापा, गायिका मिलन नेवार, प्राप्ती तुलाचनको समेत प्रस्तुती रहने भएको छ । गायक धिरज राई कार्यक्रममा सहभागि हुने भएका छन्। नेपाल भ्रमण बर्ष २०२० र गण्डकी प्रदेशको आन्तरिक पर्यटन भ्रमण बर्ष २०१९ लाई फेसन सोले थप टेवा पुराउने अधिकारीले विश्वास लिएका छन्।

उनले भने “यस्तो कार्यक्रमले नेपालको सम्पदाको समेत प्रवर्द्धनमा सहयोग पुग्छ, हामीले यसलाई नेपाल र अष्ट्रेलीयामा निरन्तर रुपमा गर्दै आएका र्छौं । ” एएसएपी इन्टरटेनमेन्टको स्थापना बर्ष सन् २०१६ देखि विभिन्न कार्यक्रम गर्दै आएको छ ।  एएसएपी इन्टरटेनमेन्टले डिएस डिजिटलसंगको सहकार्यमा अर्पण थापाको निर्देशनमा नेपाली चलचित्र घर निर्माण गरेको छ । बन्दीपुर केवलकारका अध्यक्ष रामचन्द्र शर्माले पोखराको पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रम आवश्यक भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button