उपभोक्ता हित विपरित बस्तु तथा सेवा खरिद बिक्री गरेमा ३ लाखसम्मको जरीवाना !

दीननाथ बराल , पोखरा न्यूज – २७, असार । मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरी एवं उपभोक्ता हित विपरित बस्तु तथा सेवा खरिद बिक्रि गरे न्यूनतम ५ हजार देखि ३ लाखसम्मको जरिवाना हुने कानुनि व्यवस्था रहेको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को उपभोक्ता अधिकार सम्बन्धमा एक दिने उपभोक्ता जागरण अन्तरक्रिया  कार्यक्रममा नेपालको नयाँ कानुनमा व्यवस्था रहेको जानकारी गराइएको हो ।

उपभोक्ता हित विपरित जो कसैले बस्तु तथा सेवा खरिद तथा बिक्रि गरेको भेटेमा बजार अनुगमन समितिले ठाउँको ठाउँमै उक्त जरिवाना सहित कसुर हेरीकन जेल समेत हाल्न सक्ने कानुनि व्यवस्था रहेको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।

देश संघियतामा गएसंगै हाल स्थानिय तथा प्रदेश सरकारले समेत बजनार अनुगमन गर्न सक्छन्। गण्डकी प्रदेशको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर ५ मा भएको उक्त कार्यक्रममा वडा अध्यक्ष धनबहादुर नेपालीले उपभोक्ताको हितमा आफुहरुले काम गर्ने बताए ।

उनले भने “म एक जनप्रतिनिधिको साथमा उपभोक्ता पनि हो, आम उपभोक्ताहरुको हितमा काम गर्नु मेरो कर्तव्य हो, आम उपभोक्ता मुखी सेवा दिन व्यवसायीहरुलाई आव्हान गर्छु । ”

निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य पुष्प बराल, उज्जल खत्री लगायतले अझै पनि बजारमा उपभोक्ता हित विपरित बस्तु तथा सेवा खरिद विक्रि हुदै आएको गुनासो गरेकाछन्।

यदी कुनै व्यावसायीले आफ्ना विभिन्न बस्तु तथा सेवाको आम उपभोक्ताहरुले देखिने स्थानमा मुल्य सुची टास गर्नु पर्छ, बस्तु तथा सेवामा प्याकेजीङको तिथी मिती र मिसावट भएको खण्डमा कुन कुन बस्तुको मात्र कति मिसावट गरिएको सो को बारेमा समेत उल्लेख गर्नु गर्ने प्रावधान रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button