पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलमा १ सय २२ ज्येष्ठ नागरिकको अवलोकन भ्रमण

दीननाथ बराल, पोखरा न्यूज – २८, असार । पोखरा रामबजार क्षेत्रका ज्येष्ठ नागरिकहरुलाई पोखरामा निर्माण हुँदै  गरेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको अवलोकन गराइएको छ ।

रामबजार जेष्ठ नागरिक मिलन केन्द्रले रामबजार क्षेत्रका करिब एक सय २० जना ज्येष्ठ नागरिकहरुलाई पोखरा विमानस्थलको अवलोकन भ्रमण गराइएको केन्द्रका अध्यक्ष क्या. थमन थापाले बताए ।

राष्ट्रिय गौरवको योजना पोखरा विमानस्थलको निर्माणको विषयमा ज्येष्ठ नागरिकहरुले निकै उत्साहित हुदै जिज्ञसा राखेकोमा प्राविधिकहरुले जानकारी गराएको केन्द्रका कोषाध्यक्ष भुपेन्द्र कुँवरले बताए । टोलीले पोखरा विमानस्थलसंगै महेन्द्र गुफा, गोर्खा भिलेज लगायतको स्थानमा अवलोकन भ्रमण गरेको छ ।

कार्यक्रम सफल पार्न गोल्डेन फुचर, सोसल पब्लिक र ज्योति कुन्ज बोर्डिङ स्कुलले एक/एक वटा बस सेवा निः शुल्क उपलब्ध गराएको कुवंरले जनाए ।  पोखरा विमानस्थलको निर्माण कार्य हालसम्म करिब ४२ प्रतिशत जसो पुरा भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button