पोखरामा संगम फुटबल एकेडेमी शुरु

दीननाथ बराल, पोखरा न्यूज – २९, असार । पोखरामा संगम क्लबले संगम फुटबल एकेडेमी शुरु गरेको छ । फुटबल खेलको विकास गराउने उद्धेश्यले फुटबल एकेडेमी शुरु गरिएको क्लबका अध्यक्ष शिव गुरुङ (माया) ले बताएका छन्।

क्लबले करिब ४ जना बालिका सहित ६० जनालाई फुटबल एकेडेमीमा आवद्ध गराएको हो । ८ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू-८) र १४ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू-१४ ) गरी दुई समुहमा फुटबल एकेडेमी हाल संचालन गरिएको अध्यक्ष गुरुङले बताए । पोखराको माछा पोखरी खेल मैदानमा बालबालिकाहरुको लागि फुटबल प्रशिक्षण दिइने उनले जनाए । प्रशिक्षकमा पुर्व खेलाडीसमेत रहेका अध्यक्ष गुरुङ सहित अनिस तामाङ, रिम गुरुङ लगायतका रहेका छन्।

यसैबिच, एक समारोहका बिच शनिबार उक्त एकेडेमीको पोखरा महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दर्शन लामाले उद्घाटन गर्दै फुटबल खेलको विकासमा तल्लो स्तरबाटै प्रशिक्षण आवश्यक भएकोमा जोड दिए । खेलाडीहरुको प्रशिक्षणमा आवश्यक सहयोग गर्न आफुहरु समेत तयार रहेको उनले जनाए ।

फुटबलका राष्ट्रिय खेलाडी एवं प्रशिक्षक राजेन्द्र तामाङले एकेडेमीको लागि खेल सामाग्री हस्तान्तरण गरेका थिए । एन्फा कास्कीका अध्यक्ष मीलन गुरुङले ६ थान फुटबल सहयोग गरेका छन्। स्वदेशी तथा विदेशी दाताबाट र सहभागि बालबालिकाबाट निश्चित रकम संकलन गरी सोहि रकमबाट हाल एकेडेमी संचालन गर्ने अध्यक्ष गुरुङले जनाए ।  क्लबले आगामी बर्षमा पनि संगम कप फुटबल प्रतियोगिता २०७६ लाई निरन्तरता दिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button