खहरे खोलाले बगाएको वृद्धको उद्धार

पोखरा न्यूज – २९, असार । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित खहरे खोलाले बगाएका एक जना वृद्धलाई प्रहरीले उद्धार गरेको छ ।

नाम, थर नखुलेको अन्दाजी ६४ वर्षका वृद्धलाई प्रहरीले खोलाले बगाउँदै गरेको अवस्थाबाट उद्धार गरेको हो । चुरेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर पढाइएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो ।

हालैको बाढीपहिरोमा परी हालसम्म मकवानपुरमा तीन जनाले ज्यान गुमाएका छन् । गत बिहीबारदेखि परेको निरन्तर वर्षाले मकवानपुरको थाहा नगरपालिका, कैलाश गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा बाढीपहिरोमा परी एक/एक जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button