पोखरामा पेन गन भेटियो, ७ थान गोली र लागुऔषधसहित रानाभाट पक्राउ

दीननाथ बराल, पोखरा न्यूज – ०१, साउन। पोखरामै पहिलो पटक पेन गन भेटिएको छ । लागु औषध प्रयोगकर्ताबाट पहिलो पटक पेन गन पोखरामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरेको हो ।

पोखरा-२४ कास्कीकोट स्थायी घर भई हाल पोखरा-७ मासबार बस्दै आएका २४ बर्षीय सागर रानाभाटबाट लागुऔषधसहित पेन गन भेटिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । एक थान पेन गन, सात थान गोली र लागुऔषधसहित रानाभाटलाई गोप्य सुचनाको आधारमा हालै पक्राउ गरिएको उनले बताए ।

रानाभाटले लागूऔषध सेवन, ओसारपसार र विक्री वितरण तथा हतियारसमेत बोकी हिड्ने गरेको भन्ने सुचनाका आधारमा अनुसन्धान पश्चात निजको डेरा (कोठा) तलाशी लिई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कक्षा १२ मा अध्ययन गर्ने रानाभाटबाट प्रहरीले ६० थान फेनारगन, ६० थान ब्रुप्रिनर्फिन, ६० थान डाईजापाम, १५ चक्की नाईट्रोसन , १० थान पासपोर्ट तथा ७ थान नागरिकता प्राप्त गरिएको प्रहरीले जनाएको छ ।

बुधबार रानाभाटलाई प्रहरीले पोखरामा सार्वजनिक गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको एसपी कार्कीले जनाए । सामान्यतया पेन आकारको पेन गनमा टुप्पो पट्टिको  लेख्न मिल्ने जस्तो देखिने भागमा गोली अड्काउने गरी राखेको देखिन्छ ।

पेनको बिच भागमा गोली भर्ने र गोली हाल्नु पर्दा भने अगाडीको टुप्पो भाग निकालेर पेनको फेद पट्टि भागमा बटम दवाउने गरी पेन गन प्रयोग हुने सिस्टम भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button