पोखरामा कुखुराको खोरमा चितुवा पस्यो

दीननाथ बराल, पोखरा न्यूज – ०२, साउन । पोखरामा  एक कुखुराको खोरमा पसेको चितुवालाई नियन्त्रणमा लिएर हाल पोखरा पचभैयाको वन्य जन्तु उद्धार केन्द्रको केज (खोर) मा राखिएको छ ।

पोखरा महानगरपालिका-सिप्लेकुनास्थित सोभित बहादुर केसीको करिब ५ हजार कुखुरा भएको खोरमा पसेको वयस्क चितुवालाई नियन्त्रणमा लिएर हाल पोखरा जुलोजिकल पार्क अनतर्गतको केन्द्रको केजमा राखिएको जिल्ला वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले बताए ।

उनका अनुसार मंगलबार राती कुखुराको खोरमा पसेको चितुवा बाहिर निस्कने धेरै प्रयास गरेकाले फलाम र जालीमा पटक पटक ठोकिदा थकित भएकोले खोरमै लडेर बसेको चितुवालाई इन्जेक्सन दिएर उद्धार गरी बुधबार साँझ केजमा राखिएको हो । चितुवाको आँखामा चोट लागेको हुनाले केही दिन चितुवाको रेखदेख आवश्यक भएको उनले पोखरा न्यूजलाई  बताए ।

वयस्क पोथी चितुवा कुखुराको खोर भित्र पस्ने ढोका स्प्रिङ प्रकारको भएकोले आफै धकेलेर भित्र पसेको हुन सक्ने प्रमुख श्रेष्ठको आशंका थियो। केसीको घरमा कुकुर समेत भएकोले कुकुरको गन्दले चितुवा कुखुराको खोरमा पसेको हुन सक्ने उनले जनाए । कुखुरा व्यवसायी केसीले करिब एक घण्टासम्म ढोका खुल्ला राख्दा पनि चितुवा बाहिर ननिस्के पछि उनले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले खबर गरेसंगै जिल्ला वन टोलीले चितुवालाई उद्धार गर्न चितवनबाट प्रविधिक टोलीको सहायता लिएको थियो । चितुवालाई डार्टिङ (इन्जेक्सन) दिएर बेहास बनाएर नियन्त्रणमा लिइ पार्कमा लगेर राखिएको हो ।कुखुराको खोरमा मस्तसंग लडेको चितुवालाई बुधबार खोरमा दाना हाल्न जादा केसीका आफन्तले देखे पछि उनीहरु त्रसित भएका थिए ।

एकदिन भरीको प्रयासबाट चितुवालाई नियन्त्रणमा लिएको थियो । कुखुराको खोरमा चितुवा बाहिर निस्कने प्रयासमा ठोकिन पुग्दा घाईते हुनुको साथै करिब १० वटा कुखुरा समेत मर्न पुगेको प्रमुख श्रेष्ठले जनाए । उनका अनुसार पोखरा क्षेत्रमा बाघ भेटिदैन विभिन्न प्रकारको चितुवा मात्र भेटिन्छ । सशस्त्र वन रक्षक जम्दार क्षेत्र बहादुर थापा, गोविन्द थापा लगायतका कर्मचारी चितुवाको उद्धारमा खटिएका थिए ।

पोखरामा मानव निर्मित खुला चिडियाखाना हुनुपर्छ भन्ने अवधारणाका साथ पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा महानगरपालिका वडा ३०, ३१ र ३२ स्थित पचभैया चापापानी, चिसाकुना र चैनपुर सामुदायिक वन समेटेर पार्क निर्माण गरिएको पार्कका अध्यक्ष हिमालय बख्रेलले बताए । घाईते चितुवाको हाल चितवनबाट आएको प्राविधिक टोलीले रेखदेख गरेकोले केही सुधार हुदै आएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button