दुध बोकेर पोखरा आउदै गरेको भारतीय ट्रक दुर्घटना

पोखरा न्यूज – ०३, साउन । दुध बोकेर पोखरातर्फ आउदै गरेको ट्रक डुम्रे–दमौली सडकखण्डमा दुर्घटना भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत  तनहुँको व्यासनगरपालिका–१२ कमलबारीस्थित घुम्तीमा बिहीबार साँझ भारतीय नम्बर प्लेट एच आर ५५ पि ५९५४ को ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बीरगञ्जबाट २३ हजार लिटर दूध लिएर पोखरातर्फ आउँदै गरेको भारतीय ट्रक दुर्घटना हुँदा मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले उल्लेख गरेको छ । दुर्घटनामा २३ हजार लिटर दूध क्षति भएको  प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button