पोखरा रामबजारका ज्येष्ठ नागरिकलाई एनआइसी एशियाको सहयोग

दीननाथ बराल, पोखरा न्यूज – ०३, साउन ।  एनआइसी एशिया बैंकले पोखराको रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई एक थान टेलिभिजन सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ४० इन्चको एलइडी टीभी शुक्रबार एक समारोहका बिच हस्तान्तरण गरेको हो ।

एनआइसी एशिया बैंक गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले उक्त टिभि केन्द्रका अध्यक्ष क्या. थमन थापा लगायतको टोलीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख शर्माले ज्येष्ठ नागरिकहरुको लागि दिन बिताउने सानो माध्यम मध्ये एक टिभि भएकोले आफुहरुले उपलब्ध गराएको बताउदै आगामी दिनमा यस्तो सहयोगलाई निरन्तरता दिने बताए ।

स्थानिय सुर्य बहादुर बानिया, पोखरा महानगरपालिका-१० का सदस्य निशा मल्ल, केन्द्रका उपाध्यक्ष माया गुरुङ्ग भुजेल, सचिव ज्ञान बहादुर थापा लगायतले ज्येष्ठ नागरिक केन्द्रमा धेरै सेवा आवश्यक भएकोमा जोड दिए ।

एक सय एक बर्षका जेष्ठ नागरिक कुल बहादुर गुरुङ्ग, जेष्ठ नागरिक तोली गुरुङ्गले प्रमुख शर्मा, उप-प्रमुख स्वेता शेरचन, अमर सिङ्ग शाखा प्रमुख बल बहादुर बानिया, एचआर डिपार्टका युद्ध सागर अर्याल सर्विश मेनेजर उषा पराजुलीलाई कार्यक्रममा माला र खादा लगाई स्वगत गरिएको केन्द्र का कोषाध्यक्ष भुपेन्द्र कुँवरले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button