टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरा न्यूज – ०३, साउन ।  सप्तरी रुपनी गाउँपालिकामा टिपरको ठक्करले आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

वडा नं-१ स्थित रुपनी–राजविराज सडकखण्डमा टिपरको ठक्करले घाइते मोटरसाइकल चालक ४५ वर्षीय महेन्द्र मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपनीबाट राजविराजतर्फ आउँदै गरेको बा ४ख ५५४२ नं को टिपरले राजविराजबाट रुपनीतर्फ जाँदै गरेको स ९प ७९१८ नं को मोटरसाइकललाई ठक्कर दिँदा मण्डल गम्भीर घाइते भएका थिए ।

टाउको र खुट्टामा चोट लागि उपचारका लागि रुपनीस्थित युनिक अस्पतालमा भर्ना भएका मण्डलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button