पोखराकी वोन म्यारो पिडित सुनितालाई सामाजिक सञ्जालमार्फत हङकङबाट सहयोग

दीननाथ बराल, पोखरा न्यूज – ०३, साउन । पोखराकी वोन म्यारो पिडित सुनिता गुरुङको जिवन रक्षाको लागि हङकङबाट सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग प्राप्त भएको छ । रोगबाट ग्रसित भएकी २६ बर्षीया गुरुङको जिवन रक्षाको लागि सामाजिक अभियान्ता रिस्ता गुरुङ (सिमा)ले सामाजिक सञ्जाल फेसबुक मार्फत संकलन गरेको ८० हजार रुपैया प्राप्त भएको हो ।

पोखराका रोसन गुरुङमार्फत पठाएको रकम रोसनले शुक्रबार पोखरामा वोन म्यारो पिडित सुनिता र उनकी दीदी पवित्रा गुरुङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । कास्कीको घान्द्रुक घर भई हङकङमा घान्द्रुक हेयर एण्ड व्यूटि सैलुन संचालन गर्दै आएकी सामाजिक अभियान्ता सिमाले करिब ४ दिन फेसबुक अभियानबाट उक्त रकम संकलन भएको बताएकी छन् ।

फेसबुक अभियानमा मिलन नबिन गुरुङ, ज्योति गुरुङ, पास्नेरी शेर्पा, पुष्पा गुरुङ, चिज मन गुरुङ, जङ बहादुर गुरुङ, सदिप गुरुङ, आकाश गुरुङ, इन्द्र तेल्मे गुरुङ, पिन्की गुरुङ, प्रसाद गुरुङ, मुक काजी गुरुङ,एलिसा गुरुङ, लक्ष्मण गुरुङ, सुनिता गुरुङ, शान्ता हरि गुरुङ, तुल्सी गुरुङ, पितम सेन र रिस्ता गुरुङले सहयोग गरेको सिमाले बताइन्।

उनको अगुवाइमा यस अघि विभिन्न सामाजिक क्षेत्रमा दुखि, गरिब तथा अनाथहरुको लागि करिब २८ लाख भन्दा बढी सहयोग गरेकी छन्। आफु जस्तै एक महिलाको जिवन रक्षाको लागि आफ्नो क्षेत्रबाट सानो सहयोगको प्रयास गरेको हङकङबाट सिमाले पोखरा न्यूजलाई बताइन्। उनले भनिन“ तपाईं हामीले सहयोग गरेमा उहाँले अवस्य पनि नयाँ जिबन पाउनु हुनेछ, यसमा सबैको साथ र सहयोग रहोस ।

”करिब एक बर्ष अघि वैदेशीक रोजगारमा गएर स्वदेश फर्किएकी सुनिता हाल वोन म्यारोको रोगबाट ग्रसित भए पछि घर परिवारबाट समेत अपेहेलित हुन पुगेकी छन । हाल उनकी दिदि पवित्राले उनको रेखदेख गर्दै आफ्नै घरमा राख्दै आएकी छन्। विभिन्न सहयोगी दाताबाट रोशन मार्फट करिब ४ लाख ५० हजार भन्दा बढी रकम सुनितालाई प्राप्त भएको रोशनले दाबी गरे ।

गोर्खा घर भई हाल अर्मला रयाले, पोखरामा उपचारका लागि बस्दै आइरहेकी पीडित सुनिता गुरुङ आर्थिक रुपमा कमजोर रहेकोले विदेशबाट उनको जिवन रक्षाको लागि सहयोग आउने क्रम जारी रहेको उनकी दिदी पार्वतीले बताइन्। सहयोगी मनहरुबाट आफुले अपेक्षा गरे भन्दा धेरै सहयोग जुट्न थालेसंगै आफुले नयाँ जिवन पाउने आशा पलाएको सुनिताले बताइन्। काठमाण्डौंको सिभिल हस्पिटलमा उनको उपचारको लागि करिब २० लाख भन्दा बढी रकम आवश्यक पर्ने उनकी दीदी पवित्राले जनाइन। सुनिताको उपचारको लागि हालसम्म करिब १५ लाख रुपैया संकलन भएको छ ।

उनको एक हप्तामा नयाँ रगत दिनको लागि कम्तिमा ५ देखि ७ हजार खर्च लाग्ने गरेको पवित्राले बताइन्। बहिनिको घर परिवारबाट उसलाई खासै नहेरे पछि आफु उनको रेखदेखमा एक बर्ष देखि लाग्र्दै आएको उनले बताइन्। सुनिताका श्रीमान विदेशमा वैदेशीक रोजगारमा गएकाछन भने घरमा सासु सशुराले उनको बारेमा खासै ध्यान नदिएको सुनिताको गुनासो छ र उनको एउटा छोरा ७ बर्षका छन्। पोखरा बाटुलेचौरमा समेत घर भएर पनि घरमा रहेको छोरा भेट्न जादा परिवारले नदिएको उनले गुनासो गरिन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button