फेरी बगायो पोखरा विजयपुर खोलाको डाइभर्सन पुल !

पोखरा न्यूज – ०५, साउन । पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको डाइभर्सनको केहि भाग पुनः बाढीले बगाएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत  पोखराको  चाउथे र  विजयपुर जोड्ने विजयपुर खोलामाथि  निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किँदा ठूला भार क्षमताका यातायातका साधन आवतजावत गर्न बनाइएको  डाइभर्सन दोस्रोपटक बाढीले बगाएको हो ।

शनिबार बेलुका सिचाईको पानी छाडिदिदा डाइभर्सनको केहि भाग बगाएको डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरी पोख्रेलले जानकारी दिए । डाइभर्सनको केहि भागमा मात्र क्षति पुर्याएकाले बनाउन सुरु गरिएकाले केहि बेरमै यातायात सुचारु हुने उनले बताए ।

डाइर्भसन बाढीले बगाउँदा पोखरा हुदै स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्लामा जाने मालबाहक ट्रकको  लाइन लागेको  छ ।

अघिल्लो आइतबार रातिको बाढीले डाइभर्सनको ह्युमपाइप बगाएपछी पुनः निर्माण गरिएको थियो  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button