बागलुङमा आफ्नै बाबुले चलाएको जिपले किच्दा ७ वर्षीय बालकको मृत्यु

पोखरा न्यूज – ०५, साउन । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।

ग१ज ७१८१ नंको जिपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक गर्दा चालककै छोरा सात वर्षीय सलिन थापालाई किच्न पुग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झपिन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

बागलुङ बजारबाट यात्रु तथा सामान ओसारपोसार गर्ने जिप राति घर नजिकै पार्किङ गरेर राख्ने क्रममा एक्कासी बालकलाई किच्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button