पोखरा बजार क्षेत्रमा फोहोरै फोहोर !

श्याम रानामगर, पोखरा न्यूज – ०५, साउन । पोखराको व्यस्त बजार क्षेत्र हो न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक । दिनहुँ हजारौं मान्छेको आवागमन भई रहने यि ठाउँमा पछिल्लो समय जथाभावि फोहोरमैला फाल्नेको बिगबिगी बढ्दो छ ।

ति फोहोर बाहिरी मान्छेले फालेका भने होइनन् । सहरि क्षेत्रमा बसोबास गर्दै आएका मान्छेहरुले नै फाल्ने गरेको पोखरा महानगरपालिकाले जनाएको छ । दैनिक घरधन्दा प्रयोजनबाट निस्केका फोहोरलाई सडकमा ल्याएर फाल्ने गरेको सडकमा देख्न पाइन्छ ।  मुख्य सडक क्षेत्रमा जथाभावि फाँलिएका फोहोरमैलाले सहरलाई कुरुप बनाएको त छ नै । सुन्दर पर्यटकीय नगरि पोखराको परिचयमा पनि गलत सन्देश प्रवाह गर्ने देखिन्छ ।

महेन्द्रपुल, चिप्लेढुंगा लगायतका क्षेत्रमा मात्रै दैनिक १६ जना सरसफाई गर्ने मान्छे खटाउनुुपर्ने बाध्यता रहेको महानगरपाालिका बताउँछ ।‘महेन्द्रपुल, चिप्लेढुंगा लगायतका क्षेत्रमा मात्रै दैनिक १६ जना कुँचो लगाउँने कर्मचारी खटाउँनु पर्ने बाध्यता छ,’ पोखरा महानगरपालिकाकी सरसफाई शाखा प्रमुख कल्पना बरालले भनिन्, ‘फोहोर फाल्ने गाडिले पनि यो क्षेत्रको फोहोर उठाएर नसक्ने अवस्था छ ।’

बढी मान्छेको आवागमन भई रहने हुनाले सरसफाईको लागि ७५ प्रतिशत काम यि क्षेत्रमा गरि रहेको उनले सुनाइन् । सरसफाईका लागि सबैभन्दा बढी महत्व यि क्षेत्रलाई नै दिइरहँदा पूर्ण सरसफाई क्षेत्र बनाउँन नसकेको भन्दै उनले दुखेसो पोखिन् ।

पोखरा आउँने बाह्य पर्यटकको पहिलो आँखा नै यि क्षेत्रमा पहिलो आँखा पर्ने हुँनाले गलत सन्देश प्रवाह हुने भन्दे उनले चिन्ता व्यक्त गरिन् । ‘पोखरा आउँने मान्छेको पहिलो आँखा ठोकिने भनेको नै यि क्षेत्रमा हो,’ उनले भनिन्, ‘यि क्षेत्र नै फोहोर भएपछि पोखरा आउँने मान्छेको लागि गलत सन्देश दिन्छ ।’

त्यसो त महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई जरिवाना तथा कारबाही गर्ने समेत कानुन बनाएको छ । तर, रातको समयमा आँखा छलेर फोहोर फाल्ने गरेको बराल बताउँछिन् । ‘केही समय अघि राति करिब साढे आठ बजेतिर अनुगमनमा थिए,’ उनले भनिन्, ‘७, ८ वर्षका केटाकेटीलाई आमाबुबाले नै सडकमा फोहोर फाल्न पठाएको पाइयो ।

अब ति केटाकेटीलाई के कारबाही गर्ने ?’ अनुगमनकै क्रममा डेरा गरि बस्दै आएका कलेज पढ्ने विद्यार्थीहरु पनि परेके उनले सुनाइन् । सार्वजनिक स्थानमा फोहोर फाल्ने कसुर अनुसारको जरिवाना तिराएर उनीहरुलाई छोडिएको उनले बताइन् । बुझ्दै जाँदा घरधनीले नै सडकमा लगेर फाल्न पठाएको पाइएको उनले सुनाइन् ।

यसरी सडकमा जथाभावि रुपमा फोहोर फाल्ने क्रम बाक्लिनुमा चेतनाको कमि भन्दा पनि समाजको सभ्यता सकिँदै गएको भनेर बुझ्न सकिने उनले सुनाइन् । ‘हामी आफूँले आफैलाई सभ्य नागरिक भन्छौं । तर, सार्वजनिक स्थानमा फोहोर फाल्छौं,’ उनले भनिन्, ‘यस्ले हाम्रो समाज कता तिर गई रहेको छ । हामी कत्तिको सभ्य छौं भनेर पनि जनाउँछ ।’

अहिले नीजि क्षेत्रसँगको सहकार्यमा ३३ वटा फोहोर उठाउँने गाडि सञ्चालनमा छन् । तर, यो महानगरको लागि पर्याप्त साधन होइन । महानगरका ३३ वडा मध्येमा ८ वडामा भने गाडि पुग्दैन । फोहोर उठाउँन नपुग्ने वडामा भने वडाबासि आफैंले फोहोरलाई व्यवस्थित गर्ने गरेको उनले सुनाइन् । ‘गाडि नपुगेको ठाउँमा भने फोहोर नै छैन,’ उनले भनिन्, ‘एकदमै व्यवस्थित गरेर राख्नु भएको छ ।

मुख्य बजार क्षेत्रमा हामीले पैसा तिरका छौं भनेर हो कि के हो सडकमा फोहोर फाल्नु हुन्छ, हामी त हैरान भई सक्यौ ।’ मुख्य व्यापारिक क्षेत्रका व्यापारिहरुले फोहोर उठाए बापतको शुल्क लिन जाँदा आफूँहरुको फोहोर नै नहुने साथै फोहोर नै नगरि पैसा किन तिर्ने लगायतका आरोप लगाउँने तर, सटर अघि रातको समयमा ल्याएर फोहोर फाल्ने जस्ता समस्या मुख्य बजार क्षेत्रमा रहेको उनले जानकारी दिइन् ।

यद्यपि महानगरले फोहोर व्यवस्थापनका लागि फोहोरको वर्गिकरण गरि फोहोरलाई मोहरमा बदल्ने नीति पनि नल्याएको होइन् । मल बनाउँन सकिने फोहोर, बिक्रि गरि आन्दानी गर्न सकिने फोहोर, पुनः प्रयोगमा ल्याउन सकिने फोहोर र ल्यान्डफिल्डमा पठाउनुपर्ने फोहोर लगायत गरि फोहोरलाई ४ प्रकारमा विभाजन गरेर स्थानीय स्तरमा जनचेतना फैलाउँदै आएको उनले सुनाइन् ।

‘केही महिला समुहले त फोहोरलाई वर्गिकरण गरि आम्दानी पनि लिन थालि सक्नु भएको छ,’ उनले भनिन् । फोहोरलाई व्यवस्थापन कसरि गर्ने भन्दा पनि कसरि कम फोहोर उत्पादन गर्ने भन्नेतर्फ आफूँहरु केन्द्रित रहेको उनको भनाई छ ।  यता, मेयर मानबहादुर जीसीले पनि पर्यटकीय नगरि पोखरालाई सडकमा जथाभावि फोहोर फालेर कुरुप बनाउँनेमाथि निगरानी राखेर कडाभन्दा कडा कारबाही गर्ने बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button