पोखरामा बास्केटबलको फिबा एशिया रेफ्रि क्लिनीक शुरु

दीननाथ बराल, पोखरा न्यूज – ०६, साउन । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले नेपालको खेलकुद जेनतेन मुडेबलमा चलिरहेको बताएका छन्।

पोखरामा सोमबारदेखि शुरु भएको फिबा एशिया रेफ्रि क्लिनीक २०१९ को उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालको खेलकुद ज्ञान र सिप भन्दा मुडेबलमा जेनतेन चल्दै आएको दाबी गरेका हुन् ।  उनले भने “खेल क्षेत्रलाई कसरी बैज्ञानिक ढंगले अगाडी बढाउने भन्ने अहिले हामीलाई ठुलो चुनौंती आएको छ तर हामीले अझै पनि मुडेबलको भरमा खेलकुदमा लागि राखेका छौं, हामीसंग खेलकुदको बारेमा राम्रो ज्ञान छैन् ।

”केही खेलाडीहरुले खेलेका भरमा ज्ञान सिप सिकेर कहिले काहिँ खेल्दै जाँदा यताकता जित्ने पनि गरेका छन्, । विकसित देशमा सानै उमेरदेखि त्यही ढंगले सिकाईएको हुने उनले बताए । गण्डकी प्रदेशमा खेलकुदलाई अघि बढाउन खेलकुद एकेडेमीको स्थापना गर्न लागेको मन्त्री गुरुङले जनाए ।

देश र समाजको आर्थिक विकासको समृद्धि खेलकुद क्षेत्रको विकास विना असम्भव भएको मन्त्री गुरुङको भनाइ थियो । उनले भने “हामीले पहिचानका कुरा गरेका छौं, भाषा, संस्कृतिक, इतिहासको पनि कुरा गरेका छौं, साँच्चै ती क्षेत्रहरु हाम्रा पहिचानहरु हुन्, सबैको इतिहास, संस्कृति, धर्म, सबैको भाषा, सबै समुदायहरुको आफ्नो पहिचान हुन्छ, राष्ट्रको पहिचान भनेको खेलकुद हो । ”

खेलमा जित हार भन्दा सहभागि हुनु ठुलो कुरा भएको उनले जनाए । उनले थपे “हामी खेलकुदको क्षेत्रमा धेरै पछाडि छौं, हामी अघि बढ्न सकेका छैनौं, त्यसको लागि राज्यले आवश्यक ध्यान दिदैछ ।” प्रदेश सरकारले यस प्रदेशको खेलकुदको विकासको लागि खेलकुद एकेडेमीको अवधारण अघि सारेको जनाए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले युवाहरुलाई यस्ता खेलकुदका गतिविधिमा आवद्ध गराई लागुऔषधबाट टाडा राख्नु पर्ने बताए । पोखरा रंगशालामा रहेकोे बास्केटबल कोर्टलाई व्यबस्थित पार्न इण्डोर हल सहितको चेन्जीङ रुमसमेत आवश्यक भएको उनले बताए ।

फिबा रेफ्रि इन्स्टक्टर (प्रशिक्षक) मार्रवान ईगोले कार्यक्रम पोखरामा आफुले सहजीकरण गर्ने अवसरमा पाएकोमा खुशी व्यक्त गरे ।

नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङले बास्केटवल एक लोकप्रिय खेल भएकोले यसको विकासको लागि राज्यले पूर्वाधारमा लगानी गर्नु पर्नेमा जोड दिए ।

नेपाल बास्केटबल संघ एवं कास्की जिल्ला बास्केटबल संघको संयुक्त आयोजनामा फिबा एसिया को बिशेष सहयोग, फिबा रेफ्रि इन्स्टक्टर (प्रशिक्षक) मार्रवान ईगो को सहजीकरणमा पोखरामा सोमबारदेखि उक्त कार्यक्रम संचालन भएको संघ कास्कीका अध्यक्ष धोज कुमार गुरुङले बताए ।

संघले हरेक बर्ष अन्तर बिद्यालय स्तरिय बास्केटवल प्रतियोगितालाई विगत १७ बर्ष देखि निरन्तरता दिदै आएको उनले जनाए । उक्त कार्यक्रममा कास्की सहित काठमाण्र्डौ, धरान लगायतका ६ जिल्लाका करिब ३० जनाको सहभागिता रहेको सचिव कृष्ण गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button