कास्कीमा २० वर्ष अघि हत्या गरेर फरार अभियुक्त पक्राउ

पोखरा न्यूज – ०६, साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना हत्याका आरोपीलाई २० वर्षपछि पक्राउ गरेको छ ।

अन्नपूर्ण गाउँपालिका–११ का ३१ वर्षीय मनप्रसाद गुरुङलाई धारिलो हतियार प्रहार गरी फरार रहेका ५६ वर्षीय कुमार गुरुङलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार २०५६ साल माघ ४ गते साँझ हङकङ आइडीको विषयमा वादविवाद हुँदा धारिलो हतियार प्रहारबाट घाइते भएका गुरुङको भोलिपल्ट उपचारका क्रममा निधन भएको थियो ।

दुई वर्षसम्म कास्की जिल्लाका विभिन्न स्थान र त्यसपछि भारतमा लुकिछिपी बसेका गुरुङलाई बाबुको मृत्युपश्चात् घान्द्रुकस्थित उनकै निवासबाट यही साउन ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button