खेत जोत्दै गर्दा चट्याङ लागेर एकको मुत्यु, एक घाइते

पोखरा न्यूज – ०६, साउन । खेत जोत्दै गरेको अवस्थामा चट्याङ लागेर मोरङमा आज एकको मुत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको चट्याङ लागेर घटनास्थलमा मृत्यु भएको हो ।

घरदेखि लगभग दुई सय मिटर पर धान रोप्नका लागि खेत हिल्याउँदै गरेको अवस्थामा चट्याङ परेको थियो । चट्याङले खेत जोत्दै गरेका एक हल गोरु पनि मरेका छन् ।

त्यस्तै चट्याङले लागेर मोरङकै सुनवर्षी नगरपालिका–९ पार्वती टोलकी २८ वर्षीय लक्ष्मीदेवी केविरथ घाइते भएकी छन । आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button