सागको तयारीमा पोखरा रंगशालामा सरसफाई तथा वृक्षारोपण

दीननाथ बराल, पोखरा न्यूज – ०७, साउन । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) को तयारी स्वरुप पोखरा रंगशालामा सरसफाई तथा वृक्षारोपण अभियान शुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङको समन्वयमा मंगलबार पोखरामा सागको तयारी स्वरुप पोखरा रंगशाला सरसफाई तथा वृक्षारोपण अभियान शुरु भएको हो ।

सागका ७ खेल पोखरामा हुने भएकोले आफुहरुले रंगशालामा सरसफाई तथा हरियाली वातावरण बनाउने उद्धेश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको राखेप सदस्य गुरुङले जनाए ।

लाहुरे ट्रेनिङका युवा, विभिन्न खेल संघ, सहारा क्लब, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखराको टोली, खेलाडी तथा खेलकुदकर्मीहरुको सरसफाई कार्यक्रममा सहभागिता रहेको थियो ।

कास्की जिल्ला आर्चरी संघले असोकाका बिरुवा आर्चरी एकेडेमी परिसरमा रोपेर पोखरा रंगशालामा वृक्षारोपण अभियान शुरु गरेको संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए ।

वृक्षारोपण तथा सरसफाई कार्यक्रममा गण्डकी प्रदेशका सांसद इन्द्र धारा विष्ट, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङ लगायतको सहभागिता रहेको थियो ।

प्याराग्लाईडिङ र फुटबल संघको संस्थागत प्रतिनिधि कार्यक्रममा देखिएनन् ।  सागका केही खेलहरु प्याराग्लाइडिङ, भलिबल, ह्याण्डबल, महिला फुटबल, आर्चरी, ट्याथलन, भारतोलन पोखरामा हुने भनिएको छ ।

सागको बसोवास समितिका संयोजक तेज गुरुङले पोखरामा भएको सरसफाई र वृक्षारोपण जस्तै अब साग नसकिदा सम्म पोखरेलीहरुले दैनिक रुपमा विभिन्न व्यक्तिहरुसंग समेत भेटघाट र छलफल गर्नुपर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button