पोखरा लामाचौर तिज महोत्सवको तयारी तिव्र

दीननाथ बराल, पोखरा न्यूज – ०७, साउन । पोखराको लामाचौरमा यस बर्ष भदौं १२ देखि आयोजना हुने लामाचौर तीज महोत्सवको तयारी तिव्र पारिएको छ । नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसरमा भदौं १६ गतेसम्म संचालन हुने उक्त महोत्सवको तयारी तिव्र पारिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

“मौलिक संस्कृतिको जगेर्ना गरौं” भन्ने उद्घोषका साथ आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने समाजका अध्यक्ष कमल बहादुर थापाले बताए । महोत्सवमा विभिन्न सरकारी तथा गैरसरकारी संघ/सस्था, वित्तिय संस्था, उद्योग, ब्यापार, व्यवसायीद्धारा उत्पादीत वस्तु प्रवर्द्धनका लागि ४० वटा ब्यापारीक स्टल, ६ वटा होटलको व्यवस्था गरीने भएको छ ।

महोत्सवबाट करिब ४० लाख ६२ हजार ५ सय आम्दानी हुने अनुमान गरेको सचिव दिनेश भण्डारीले बताए । महोत्सव सम्पन्न गर्न करिब ३७ लाख १२ हजार ५ सय खर्च हुने भएको छ । गत वर्ष देखिनै जय मनकामना बचत तथा ऋण सहकारी सस्था लि. लामाचौरले तीज महोत्सव संचालनका लागि दुई लाखको अक्षयकोष स्थापना गरी सकेको छ ।

कोषमा विभिन्न दाताबाट सहयोग संकलन हुँदै हाल करिब १८ लाख रकम जम्मा भएको समाजले जनाएको छ । सस्थाको भगिनि सस्था नव आदर्श क्लव सिड्नि अष्ट्रेलिया, फोरेक्स जापान, ईन्द्रराज्य लक्ष्मी मावि लामाचौरको विशेष सहयोग रहेको छ भने पोखरा लामाचौर आसपास क्षेत्रबाट जापान, अमेरीका, नर्वे, पर्चुगल, यूएई (दुबई) लगायत विभिन्न देशमा रहेका दाजुभाई तथा दिदिबहिनीबाट पनि रकम संकलन भई रहेको समाजले जनाएको छ ।

महोत्सवको अवसरमा संचालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितामा यस बर्ष आयोजना हुने भएको छ । प्रतियोगितामा तीन विभागिय सहित करिब ८ टिमको सहभागिता हुने भएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । प्रतियोगिताका विजेजालाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ र तेस्रो हुनेलाई ,२५ हजार ५ पुरस्कार प्रदान गरिने भएको छ ।

यस बर्ष समाजले नयाँ प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले नाकोड्र्स आइडल( एकल खुल्ला नृत्य प्रतियोगिता) समेत आयोजना गर्ने भएको महोत्सवका प्रचार संयोजक बुद्धि क्षेत्री खत्रीले बताए । प्रि-अडिसनबाट छनौट भएका १० जना खेलाडीहरु फाइनल चरणमा भदौं १३ गते महोत्सव स्थल इन्द्रराज्य लक्ष्मी माविको परिसरमा हुने भएको हो । विजेतालाई उपाधिको ट्रफी सहित १० हजार, उपविजेतालाई ७ हजार, तेश्रो हुनेलाई ५ हजार र शान्त्वनालाई २ हजार ५ सय रुपैया प्रदान गरिने भएको छ ।

त्यसै गरी अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार रहेको छ । महिला समूहगत तीज गीत प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार, तृतिय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार ५ हजार रहेको छ । पवित्र गणेश सप्लायर्स अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार र तृतिय पुरस्कार १० हजार रहेको छ ।

महोत्सवबाट बचत हुने रकम समाजले संचालन गर्दै आएको एम्बुलेन्स तथा शव वहान सेवामा खर्च गरिने भएको पुर्व अध्यक्ष एवं आकस्मिक सेवा संयोजक संजयकुमार अधिकारीले बताए । त्यसै गरी महोत्सवमा प्रदेश स्तरीय आमन्त्रण राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता, अन्तर बिद्यालय छात्रा भलिवल प्रतियोगिता, नर बहादुर बानिया स्मृती प्रदेश स्तरिय सितोरियो कराँते प्रतियोगिता, समुहगत तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता, लगातका प्रतियोगिताहरु हुने भएको छ ।

राष्ट्रिय कलाकारको प्रस्तुती, बाल उद्यान, व्यापारीक स्टलहरुको प्रर्दशनी, श्रष्ठा सम्मान, महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने भएको छ । महोत्सव सफल पार्न २० वटा उप समिति, १ संरक्षक समिति गठन गरी जिम्मेवारी प्रदान गरीएको समाजले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button