यती एयरले पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्ज उडान भर्ने

पोखरा न्यूज – ०९, साउन । यती एयरले पोखराबाट भैरहवा र भरतपुरका लागि दुई उडान गन्तव्य थप गरेको छ । यस्तै, एयरलाइन्सले पोखराबाटै पर्यटकको लागि दैनिक ‘माउन्टेन फ्लाइट’ पनि भर्ने भएको हो ।

एयरलाइन्सले ३० सिट क्षमता भएको ‘जेटस्ट्रिम -४१’ विमानमार्फत भैरहवा र भरतपुरका लागि भर्ने भएको हो । एयरलाइन्सले नेपालगञ्जका लागि भने मागअनुसार उडान भर्ने छ । आउँदो १६ साउन देखि भैरहवा – पोखरा, १५ भदौदेखि पोखरा भरतपुर र २९ भदौदेखि ‘अन्नपूर्ण एक्सप्रेस’ माउन्टेन फ्लाइट सुरु गर्ने एयरलाइन्सका प्रवक्ता भिम राइले जानकारी दिए ।

पर्यटकले धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका सुन्दर हिमशृंखलाका मज्जा लिउन भनेर माउन्टेन फ्लाइट शुरु गरेको उनले सुुनामए । ‘माउन्टेन फ्लाइटमा ३० मिनेटसम्म हिमशृखलाको मज्जा लिन सकिने छ,’ उनले भने, ‘पर्यटकहरुले धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका सुन्दर हिमशृंखलाका मज्जा लिउन भनेर यो सेवा सुरु गरेका हौ ।’

यस्तै, पोखरा र भरतपुर हवाई नेटवर्कले जोडिएपछि पोखरा आउँने पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको सफारी र नारायणी नदीबाट सूर्यास्तको दृश्यावलोकन लगायतका विविध गतिविधि नियाल्न पाउँने विश्वास यतीले लिएको छ ।

एयरलाइन्सका मार्केटिङ म्यानेजर सरल राणाले पोखरादेखि भरतपुर र भैरहवा उडान सुरु गरेको ३,४ महिनासम्म कम्पनी घाटामा जाने बताए । घाटा सहेरै भए पनि आफूँहरुले सेवा दिने उनले सुनाए । ‘३, ४ महिना त हामी घाटामै जान्छौं,’ उनले भने, ‘तर, घाटै भए पनि हामीले सेवा दिन चाहि छाड्दैनौ ।’

यतीले पोखरादेखि भैरहवाका लागि अधिकतम ४ हजार ३ सय ५०, भरतपुरको लागि अधिकतम ३ हजार ८ सय भाडा निर्धारण गरेको उनले जानकारी दिए । आधा घण्टाको माउण्टेन फ्लाइटका लागि ८ हजार रुपैयाँ खर्चिनु पर्ने छ ।

सन्, १९९८ देखि सञ्चालनमा आएको यतीका अहिले पाँच वटा एटिआर ७५ -५०० र पाँच वटा जेटस्ट्रिम ४१ ट्विन टर्बोे प्रप विमान सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्र बनाएर उडान भर्दै आएको यती नेपालकै ठुलो हवाई सञ्जाल भएको एअरलाइन्स हो ।

यतीको भगिनी सम्बन्ध भएको एयरलाइन्स तारा एअरले पनि ४ वटा ट्विन अटर र दुई वटा डोर्नियर डिओ २२८ बाट जोमसोम, लुक्ला, सिमीकोट, जुम्ला र रारा लगायतका विकट ठाउँमा पनि उडान भरि रहेको छ । यती एयरलाइन्स सम्भवत दक्षिण एसियाकै पहिलो ‘कार्बन -न्युट्रल एयरलाइन्स’ भएको कम्पनीले जनाएको छ ।

आफ्नो उडानबारे कम्पनीले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button