पोखरामा खोल्सामा खसेका किशोरको ४ दिनपछि सकुशल उद्दार

पोखरा न्यूज – ०९, साउन । पोखरामा खोल्सामा खसेका एक  किशोरको ४ दिन पछी सकुशल उद्दार गरिएको छ ।

पोखरा -१७ डेबिटफल्स र फुस्रेखोलाको दोभान खोल्सामा खसेका छोरेपाटनका १६ बर्षीय अन्जन सुनारको सकुशल उद्दार  गरिएको प्रहरीले जनाएको छ ।

चार  दिन अगाडि खोलामा माछा मार्न जाँदा अचानक खोल्सामा  खसेका सुनारको सकुशल उद्दार  गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

गण्डकी प्रदेश सशस्‍त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र बिष्टको कमाण्डमा खटिएको रेस्क्यु टोलिले सुनारलाई उद्दार गरी उपचारको लागी गण्डकी अस्पताल पोखरामा पठाएको प्रहरीले जनाएको छ   ।

 घटनाको  बारेमा  थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button