पोखरामा श्रीमतीले धारिलो हतियार प्रहार गर्दा श्रीमानको मृत्यु

पोखरा न्यूज – ०९, साउन । पोखरामा श्रीमतीको दाउ प्रहारबाट घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ ।

घरायसी झगडामा पोखरा – १६ गोष्टे स्थित शिवालय ठाँटी समाज घरमा बस्ने सिता परियारले दाउले प्रहार गर्दा श्रीमान ५० बर्षीय सुकराम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार श्रीमतीको धारिलो हतियार प्रहारबाट घाईते भएका सुकरामको बिहीबार मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते सुकरामलाई बुधबार ०८ गते मातृशिशु अस्पतालमा उपचार गरे पश्चात घर लगेकोमा बिहीबार उनको मृत्यु भएको हो ।

श्रीमती सिता परियारलाई नियन्त्रणमा लिई घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button