बाढीका कारण मण्डु हाइड्रोमा ९ करोडको क्षति

पोखरा न्यूज – १०, साउन । बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई रु नौ करोडको क्षति पुगेको छ ।

रु चार अर्ब २५ करोड लगानी रहेको सो हाइड्रोपावरमा बाढी पहिरोले रु छ करोड मूल्य बराबरको उपकरण तथा संरचना र रु तीन करोड मूल्य बराबरको विद्युत् व्यापार गरी कूल रु नौ करोडको क्षति भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले जानकारी दिए ।

निजी क्षेत्र र चाइनिज कम्पनीको संयुक्त लगानी निर्माण भएको सो कम्पनीमा मकवानपुरको भीमफेदी गाउँपालिका तथा ललितपुरको वाग्मती गाउँपालिकाका एक हजार ८०० जनाको शेयर छ ।

बाढीसंगै आएको गिट्टी, बालुवा र माटोले पुरेर ‘पावर हाउस’ को ‘सिलटिङ बेसिन’ मा क्षति पु¥याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, बाढीका कारण कम्पनीको सिल्टिङ बेसिनको ‘इन–लेट’ गेटमा क्षति पुगेको तथा पावर हाउसतर्फ पेनेस्टक पाइप पुरेको र ढलानमा समेत क्षति पुगेको छ ।

साथै वाग्मती खोलाको बाढीले जलविद्युत् गृहको टेलरेसमा ढुङ्गा, गिट्टी, बालुवा र माटो भरिदिएको कम्पनीका जनसम्पर्क अधिकृत दानीले जानकारी दिए । उनका अनुसार अहिले क्षतिग्रस्त मेसिनकोे मर्मत कार्य भइरहेको छ । साउन १५ सम्म पुनःसञ्चालनमा ल्याउनेगरी काम भइरहेको पनि उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button