पोखरा विजयपुरको बेलीब्रिज संचालनमा आयो

दीननाथ बराल, पोखरा न्यूज – ११, साउन ।  पोखराको विजयपुर खोलामा आज शनिबारदेखि नयाँ संरचनामा निर्माण भएको बेलीब्रिज (पुल) संचालनमा आएको छ ।

डाइभर्सन पुलको विकल्पमा  परिक्षण गरी शनिबार दिउसो ४ बजे  देखि बेलीब्रिज संचालनमा आएको सडक डिभिजन कार्यालय पोखराका सडक डिभिजन प्रमुख हरि पोख्रेलले बताए ।

शनिवार  पुलको नट बोल्ट कस्ने काम सकिएपछि केही सवारी साधनहरुको सफल परिक्षण गरि पुल संचालनमा ल्याइएको  प्रमुख पोख्रेलले जनाए ।

पुलमा डोजर लगायतका भारी सवारीसाधन चलाएर परिक्षण गरिदै

पुलको पुर्व – पश्चिम क्षेत्रमा  ग्रावेलिङ गरी सवारी साधन संचालन गरिएको उनले जनाए । ग्रावेलिङ भएकाले रातिको समयमा भने सवारीसाधन आवतजावत रोकिने र    ४/५ भित्रमा  उक्त पुललाई सहयोग पुराउने उद्धेश्यले पिच गरिने डिभिजन प्रमुख पोख्रेलले बताए ।

पुलबाट सवारीसाधन  पास हुँदै

करिब ४/५ बर्ष चलने गरि अस्थायी पुलको रुपमा तयार पारिएको उक्त  पुलमा हाल ३५ टन क्षमता भन्दा माथिको भारवान कुनै पनि मालसामान ओसार पोसार गर्न नहुने प्रमुख पोख्रेलले जनाए ।

उनले पोखरा न्यूज सँग भने – “बेलीब्रिज अस्थायी पुल नै हो, यसको विकल्पमा अर्काे पुल आवश्यक नै हुन्छ, यो पुलको भारवान क्षेमता ३५ टन मात्र हो, ३५ टन भन्दा बढी भारवान क्षमताका सवारी साधनलाई पुलमा प्रतिवन्ध गरिन्छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button