पोखराकी १२ वर्षिया आकृतिले पाइन् ब्ल्याक बेल्ट

दीननाथ बराल, पोखरा न्यूज – ११, साउन । आकृति लामा (रुम्बा) ले सानै उमेरमा कराँते खेलबाट ब्ल्याक बेल्टको उपाधि प्राप्त गरेकी छन्।

एसियन शिन क्यूकोसीन कराँतले केही साता अघि काठमाण्डौंमा आयोजना गरेको डव्लु केओशिन क्यूकोसीन कराँते डान ग्रेडिङ प्रतियोगितामा १२ वर्षिया आकृतिले ब्ल्याक बेल्ट उपाधि प्राप्त गरेको कराँतेका गण्डकी प्रदेश प्रमुख असोक लामा (रुम्बा) ले बताए । आकृतिले प्राप्त गरेको उक्त ब्ल्याक बेल्ट नेपालकै सानो उमेरका खेलाडीहरु मध्यबाट प्राप्त गरेकोले उनले बताए ।

पोखराको सेन्ट म्यारिज स्कुल कक्षा ८ मा अध्ययनरत आकृति प्रतियोगितामा सहभागि मध्ये उपाधि हात पार्ने सबै भन्दा सानो उमेरकी खेलाडी हुन सफल भएकी हुन् । इण्डोनेशियाका एसियन प्रमुख जेवि सुजुतोले उक्त प्रतियोगितामा निर्णायकको भूमिका खेलेका थिए ।

आकृति सन् २०१६ मा सानो बाबु तथा सानो परीमा सेकेण्ड रनर अफ समेत बन्न सफल उनी खेलकुद तथा गित संगितमा उतिकै चासो दिन थालेकी छन्। सांसद एवं पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, नेकपाका केन्द्रिय सदस्य सुरेन्द्र मानन्धर लगायतले आकृति सहितका अन्य विभिन्न विधामा विजेता खेलाडीहरुलाई केही दिन अघि काठमाण्डौंमै पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button