पोखराको न्युरोडमा बटुवालाई नि:शुल्क जारको पानी !

पोखरा न्यूज – १२, साउन ।  सल्यानका हिरा देवकोटा पोखरा-८ न्युरोडमा फूल व्यबसाय गर्छन् । उनले पसल अघि २ वटा जारमा बाटो हिड्ने बटुवाको लागि पानी राखेका छन् । बाटो हिड्ने बटुवाले सोही पानी नि:शुल्क पिउन सक्छन् ।

यसरि बटुवाका नि:शुल्क पानी उपलब्ध गराउँदा दैनिक ६ वटा जारको पानी सकिने उनी बताउँछन् । उनले पानीकै लागि मासिक ५ हजार खर्चिन्छन् ।

हिरालाई यस्तो सोच कसरि आयो त ? तिर्खा लाग्दा २५, ३० रुपैयाँ खर्च नहोस् साथै पानीका बोत्तल पिई सकेपछि जथाभावि फाल्दा वातावरण फोहोर नहोस् भनेर यस्तो काम सुरु गरेको उनी बताउँछन् ।

‘यताउति निस्किदा तिर्खा लाग्ने, म आफैंलाई पनि,’ उनले भने, ‘पानी पिउँनका लागि २५, ३० रुपैयाँ खर्च गर्नुपर्ने । नसकिएको पानी यसै खेर जाने, र बोतल पनि बोकेर हिडि रहन गाह्रोे । यस्सै फालिन्थ्यो । जसकारण फोहोर पनि बढ्छ, यो मैले मात्र होइन कि हामी सबैले

भोगि रहेका छौं, त्यही सोचेर नै यसरि निशुल्क पानी पिलाउन सुरु गरे ।’ व्यवसाय नछाडुन्जेल यसरि निशुल्क पानी दिने काम नरोक्ने उनी बताउँछन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button