यातायातलाई व्यवस्थित पार्न प्रदेश सरकार संघको घडी पर्खेर बस्दैन्: मुख्यमन्त्री गुरुङ

दीननाथ बराल, पोखरा न्यूज – १४, साउन ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले यातायात क्षेत्रलाई व्यवस्थित पार्ने कुरामा प्रदेश सरकारले संघको घडी पर्खेर नबस्ने उद्घोष गरेका छन्।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको हालै सम्पन्न भएको प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष एवं संचालकहरुको सोमबार पोखरामा आयोजित सपथ ग्रहण तथा पदस्थापना कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले यातायात क्षेत्रलाई व्यवस्थित पार्ने विषयमा अब संघको घडी पर्खेर नबस्ने उद्घोष गरेका हुन् ।

उनले भने “यातायात क्षेत्र प्रदेश सरकार माताहातमा परेको छ, संघले कहिले नियम कानुन बनाउला र अनि हामीले बनाउला भनेर अब हामी बस्न सक्दैनौं, यस क्षेत्रलाई व्यवस्थित पारी प्रदेशको राम्रो आम्दानीको स्रोतलाई हामीले अब छिट्टै कानुन बनाउनु पर्छ, त्यसको लागि संघको घडि पर्खेर हामी बस्न सक्दैनौं । ”

सरोकारवाला पक्षसंग प्रयाप्त छलफल गरी यातायात सम्बन्धि कानुन बनाउने जुन कानुन सबैले पालना गर्ने र अपनत्व हुने गराउने उनको भनाई थियो । उनले भने “कुनै कानुन संघसंग बाजियो भने बाझिएला हालसम्म संघले यातायात कानुन बनाएकै छैन्, अब त जे होला होला कस्तो बाजिन्छ भनेर नेपालको कानुन बनेको छैन्, यदि बाजिएको कुनै दफा भएमा सर्वेच्चले ब्याख्या गरी यो दफा बाजियो भनेर भनेमा हामी मानौंला । ”

पोखरा पर्यटनको समेत राजधानि भएको पोखरामा अब २४ सै घण्टा खुल्ला गराउनु पर्ने मुख्यमन्त्रीले राय व्यक्त गरे । उनले भने “पोखरामा अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थल निर्माण भए पश्चात पोखरामा राति आउने पर्यटकहरुलाई अत्यावश्यक सेवा उपलब्ध गराउन पनि अब पोखरालाई चौबिसै घण्टा खुल्ला हुने गरी संचालनको तयारी गर्नु पर्छ । ” पोखरामा रिङरोड बिना हालको काठमाण्डौं जस्तो अस्तव्यस्त पोखरा हुने उनले दाबी गरे ।

पोखरा रिङरोडको लागि १८ अर्बको लागतमा चिनिया कम्पनीले बनाउने बिषयमा छलफल भएको मुख्य मन्त्री गुरुङले जनाए । निजी क्षेत्रसंगको सहकार्यमा प्रदेशको विकासको लागि प्रदेश सरकार हालेमालो गर्न हरदम तयार रहेको उनले जनाए । नेपालका धेरै कानुनहरु संसोधन गनुपर्ने उनले बताए ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले भदौं एक गतेदेखि इ-टिकेटिङ सिस्टम पोखरामा लागु हुने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पृथ्बी राजमार्गको समितिबाट प्रालिमा रुपान्तरण भए पनि प्रबृत्ति पुरानै भएमा आम जनतालाई झन समस्या हुने दाबी गरे । प्रालिका संस्थापक अध्यक्ष ऐन कुमार शाही, संरक्षक केशव प्रसाद अधिकारी लगायतले राज्यले व्यवसायीको लगानी सुरिक्षत गर्नुपर्नेमा जोड दिए ।

देशकै सबै भन्दा धेरै यातायात व्यवसायीहरु भएको पृथ्बी राजमार्ग बस संचालक समितिबाट हालै प्रालिमा गएसंगै पहिलो अधिवेशन समेत पोखरामा सम्पन्न भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको प्रथम अधिवेसनबाट निर्वाचित अध्यक्ष एवं संचालकहरुले सपथ ग्रहण गरेका छन् ।

प्रालिले सोमबार पोखरामा आयोजना गरेको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत अधिवक्ता दामोदर अधिकारीले प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसी सहितको ११ जनालाई सपथ ग्रहण गराएका हुन्।

प्रालिको सञ्चालक सदस्यहरुमा अशोक कुमार चौधरी, जय प्रसाद शर्मा, बाबुराम दवाडी (साइला), काशी शर्मा न्यौपाने (रामु), ज्ञान बहादुर केसी (ज्ञानु ), ओम प्रकाश कार्की, भरत कुमार मल्ल, जस बहादुर गुरुङ, मेघराज त्रिपाठी र धर्मराज अर्याल रहेका छन् । प्रालिको यही साउन ११ गते पोखरामा पहिलो अधिवेशन भएको हो । १ हजार ३ सय २७ मतदाता मध्ये अधिवेसनमा १ हजार १ सय ९४ मत खसेको थियो ।

पृथ्बी राजमार्ग बस सञ्चालक समितिबाट पहिलो पटक प्रालिमा गएसंगै अधिवेशन भएको हो । यस अघि केसी समितिको महा-सचिवमा रहेका थिए । प्रालिको अध्यक्ष केसी सर्वसम्वत अध्यक्ष भएका हुन भने अन्यमा भोटिङ भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button