पोखरा महानगरमा: कहिले कुटिने, कहिले लुटिने !

श्याम राना मगर, पोखरा न्यूज – १४, साउन । क्षेत्रफलको हिसाबले देशकै ठुलो महानगर हो पोखरा । साबिकको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकालाई २०७३ फागुन २७ मा गाभेपछि पोखरा देशकै ठुलो महानगर बन्यो । ३३ वटा वडामा विभाजित  पोखरा  महानगरको  कुल जनसंख्या ४ लाख २ हजार ९ सय ९५ रहेको छ ।

प्राकृतिक सुन्दरतामा पनि उत्तिकै ठुलो छ पोखरा । जति क्षेत्रफलमा छ । एउटै भुगोलमा फरक-फरक हावापानी, सँस्कृति, जात जातिले पनि यहाँको सुन्दरतालाई थप उँचो बनाएको छ । खासमा यही विविधताले नै पोखरालाई पोखरा बनाएको छ ।

बेला बेलामा सबैलाई तरगिंत बनाउँने घटना पनि घटि रहन्छन् पोखरामा । आइतबार बेलुकी मात्रै पोखरामा एउटा घटना घट्यो । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष आचार्य कुटिए । त्यो पनि आफ्नै पार्टी सदस्यबाट । कृस्ति-निर्मलपोखरी-भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आर्चाइले वडाध्यक्ष खगराजमाथि हातपात गरे ।

अहिले उनी प्रहरी नियन्त्रणमा छन् । प्रहरीका अनुसार वडाध्यक्ष खगराज र दातारामबिचको सामान्य विवाद कै कारण हात हालाहालसम्म पुगेको थियो । यता वडाध्यक्ष खगराज भने प्रहरीको भनाईमा विमत्ति राख्छन् । वडाध्यक्ष खगराजका अनुसार दातारामले ज्यान मार्ने उद्देश्यले नै उनीमाथि हातपात गरेको थिए ।

‘ज्यान मार्ने उद्देश्यले नै हात पात गरेको हो,’ उनले भने, ‘लोकतान्त्रिक शासन व्यवस्थामा गल्ति नै गर्नेलाई कारबाहीका लागि कानुन छ, अदालत छ, प्रहरी छ । उनीहरुले नै कारबाही गर्छन् नि !’ दातारामले ज्यान मार्ने उद्देश्यले पछाडिबाट प्रहार गरेको उनको आरोप छ । ‘ज्यान मार्ने उद्देश्यले नै हातपात गरेको हो । पछाडिबाट हेलमेटले हान्न खोजेको थियो । धन्न, साथीहरुले छेकेर बचें,’ उनले भने ।

वडाध्यक्ष आचार्यले वडा प्रहरी कार्यालय बैदाममा जाहेरी पनि दर्ता गरि सकेका छन् । वडाध्यक्ष आचार्यले दाताराम विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेका छन् । बैदाम प्रहरी कार्याल प्रमुख डिएसपी कोमल शाहका अनुसार वडाध्यक्ष खगराजले ज्यान मार्ने उद्देश्यले आफूमाथि हातपात गरेको जाहेरीमा उल्लेख गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिने डिएसपी कोमल शाहले बताए ।

यता महानगर प्रमुख मानबहादुर जिसी विवाद जस्तो सुकै भए पनि हातपात नै गर्ने काम राम्रो नभएको बताउँछन् । ‘उहाँहरुको आन्तरिक विवाद जस्तो सुकै होस्,’ उनले भने, ‘हात नै हाल्ने काम चाहिँ राम्रो होइन । त्यसको लागि त कानुन छदै छ ।’ वडाध्यक्षमाथि हातपात गर्नेलाई कानुनी प्रक्रिया अनुसार नै कारबाहि प्रक्रिया अघि बढाउँने उनले बताए ।

यस्तै, घटना गएको पुसमा पनि घटेको थियो । पोखरा-१३ आर्बाको पशु सेवा केन्द्रले व्यवसायिक कृषकहरुसँग राखेको अन्तरक्रियामा पुगेका वडा नम्बर-१३ का वडाध्यक्ष दर्शन लामा र महानगरका पशु शाखा प्रमुख ठगेन्द्रप्रसाद अर्यालबिच । सो घटनामा वडाध्यक्ष लामाले पशु शाखा प्रमुख अर्याललाई दुई झापड हानेको आरोप छ । तर, वडाध्यक्ष लामा भने पशु शाखा प्रमुख अर्यालले नै झापड हानेको बताउँछन् । घटना अहिले गुमनाम नै छ ।

यस्तै, सबैलाई तरगिंत पार्ने पोखरा महानगरका घटना हुन् । वडा कार्यालयमा चोरि प्रकरण । गएको आर्थिक वर्षमा मात्रै पोखरा महानगरका ६ वटा वडा कार्यालयमा चोरि भए । वडा नम्बर ५, १३, १४, १५, १६ र १९ चोरको निशाना बने ।

कार्यालयबाट डेस्कटप, ल्यापटप लगायत अन्य कागजपत्र पनि चोरिए । वडा कार्यालय नै निशाना बनाएर चोरि गर्ने गिरोह अझै प्रहरी फन्दामा परेका छैनन् । कानुनी राज्यको प्रत्याभुति दिलाउँने जनप्रतिनिधिलाई नै मुख्य निशाना बनाए यस्ता घटना घट्दा जनताले गर्ने अपेक्षा के होला ?

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राज कुमार केसी वडा कार्यालय तोडफोड गर्नेलाई कानुनी दायरमा ल्याएरै छाड्ने दाबी गर्छन् । वडामा पहरा दिन सुरक्षा कर्मी नहुँदा पनि चोरको निशानामा वडा कार्यालय पर्न सक्ने उनको मत छ । ‘ढिलो चाडो हो, त्यस्ता गिरोहलाई कानुनको दायरमा ल्याएर छाड्छौं,’ उनले भने, ‘सुरक्षा दिने कोही नभएको हुँदा पनि चोरको निशानामा वडा कार्यालय परेको हुन सक्छ ।’  वडा कार्यालय फोड्ने गिरोहको बारेमा आफूँहरु निरन्तर अनुसन्धानमा रहेको उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. हातपात गर्नेलाई कानुनी प्रक्रिया अनुसार नै कारबाहि प्रक्रिया अघि बढाउँने मेयर साहव ले बताउनु भयाे ,कानुन भन्दा माथी काेही छैन !सांचै मेयर सावले भने झैं न्याय नपाए पाेखरा महानगरपालिका ले न्याय नपाएकाे लाई न्याय दिएकाे छ त ,न्याय काे लागि यहां प्रति अपेक्षा गरेका ले समयमै न्याय पाएका छन् त मेयर ज्यु , न्याय माग्न यहाँ सामु अाएकाहरु खालिहात त फर्कनु परेकाे छैन नी ??
    के महानरपालिकाले सांचै नै न्याय माग्ने लाई न्याय दिलाएकाे छ त मेयर ज्यु ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button