पोखरामा प्रदेश स्तरिय कराँते प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा न्यूज – १४, साउन । नेपाली नारीहरुको महान चार्ड हरितालिका तिज पर्वको अवसरमा आउदो भदौं १३ र १४ गते पोखरामा गण्डकी प्रदेश स्तरिय पुरुष तथा महिला कराँते प्रतियोगिता हुने भएको छ ।

नेपाल क्योकुशिन-कान कराँते संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेक अधिकाशं जिल्लाका करिब २ सय जना खेलाडीहरु विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने भएको संघका सल्लाहकार एवं प्रतियोगिताका संयोजक दीपक बहादुर गोदारले बताए ।

प्रतियोगितामा पुरुष तर्फ २५ केजी तौल समुह, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी देखि ६० केजी मुनिका तौल समुह र खुल्ला तौल समुहका खेलाडीहरु बिच प्रतिस्पर्धा हुने भएको छ । महिला तर्फ ४० केजी, ४५ केजी मुनि तौल समुह र खुल्ला तौल समुहमा प्रतिस्पर्धा हुने भएको संयोजक गोदारले जनाए ।

संघले खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रत्यक बर्ष विभिन्न प्रतियोगिता गर्दै आउने क्रममा यस पटक देखि प्रदेश स्तरिय प्रतियोगिता गर्न लागेको संघका अध्यक्ष बेलबहादुर थापाले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख खर्च लाग्ने र प्रतियोगिताबाट करिब ५० हजार बचन हुने अपेक्षा गरिएको सचिव सुरेशराज अधिकारीले बताए । विजेता खेलाडीहरुको टिमलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button