दीननाथ बराल, पोखरा न्यूज- १५ , साउन । अष्ट्रेलिया अध्ययनका लागि जान चहाने विद्यार्थी लक्षित गरी भोलि(बिहिबार) पोखराको दि भिलेज रेष्टुरेण्टमा शैक्षिक परामर्श एजुकेशन फियर) हुने भएको छ ।
पोखराको चिप्लेढुंगा स्थित एइ ग्लोबल एजुकेसन कन्सल्टेन्सीको आयोजनामा अष्ट्रेलिया अध्ययन गर्न चहाने विद्यार्थी लक्षित गरी एक दिने शैक्षिक मेला हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
कार्यक्रममा करिब २ सय जना विद्यार्थीहरुको सहभागिता हुने अपेक्षा गरिएको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताए । उक्त मेलाले अस्ट्रेलियामा अध्ययन गर्न चहाने विद्यार्थीहरुलाई सम्बन्धित विश्व विद्यालयका कलेजहरुमा अनुबन्धित प्रतिनिधिहरुबाट प्रत्यक्ष परामर्श प्रदान गरिने भएको उनले जनाए । मेलामा अध्ययन कोर्षको बारेमा जानकारी हुने भएको छ ।
त्यसै गरी तहगत तथा विषयगत अध्ययन बारे प्रकाश पार्ने, कलेजमा भर्ना अध्ययन कोर्ष परिवर्तन बारे जानकारी, स्थायी बसोवासको लागि प्रक्रिया, नेपाल फर्किन चहाने विद्यार्थीहरुलाई के कस्ता अवस्था छ, स्वदेश फर्किएर के गर्न सकिन्छ, अध्ययन कलेज र विषयगत अध्ययनका आधारमा तिर्नु पर्ने फि, अष्ट्रेलियको हावा पानी बारेमा समेत जानकारी गराउर्दै अन्य विविध बिषयमा शैक्षिक परामर्श दिने भएको संचालक निर्देशक ऋषिराम खतीवडाले बताए ।
पछिल्लो समयमा मुख्य बजार क्षेत्र भन्दा बाहिर जिल्लाबाट समेत सुचना र प्रविधिको कारणले गर्दा अष्ट्रेलिया अध्ययन गर्न जाने युवाहरुको सङख्यामा बृद्धि भएको प्रबन्ध निर्देशक अधिकारीले दाबी गरे ।