पर्वतमा बालिका यौन दुर्व्यवहार अभियोगमा जनप्रतिनिधि पक्राउ

पोखरा न्यूज- १५ , साउन । नौ वर्षिया बालिकालाई यौन दुर्व्यवहार  गरेको अभियोगमा पर्वतको कुश्मा नगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । पर्वत कुश्मा नगरपालिका वडा नं ९ का निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली पक्राउ परेका हुन् ।

पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने बालिकालाई यौन दुव्र्यवहार गरेको पीडित परिवारको उजुरीपछि मङ्गलबार गाउँबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।आरोपित पराजुलीलाई मङ्गलबार नै जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

उक्त घटना यसअघि गाउँमै आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको भए पनि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए । आरोपित पराजुली गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट विजयी भएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button