भायनेट पोखराको तालचोकमा

दीननाथ बराल, पोखरा न्यूज- १६ , साउन ।  इन्टरनेटको सेवा प्रदायक संस्था भायनेटले  पोखराको तालचोमा शाखा विस्तार गरेको छ । करिब ६ महिना अघि पोखराको नयाँ बजारमा शाखा विस्तार गरेको भायनेटले अर्को शाखा पोखराको  तालचोकमा विस्तार गरेको हो ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले बिहिबार एक समारोहका बिच तालचोक शाखाको उद्घाटन गर्दै गुणस्तरिय सेवा दिन कम्पनीलाई आग्रह गरे । उनले भने “पोखराको मुख्य बजार पछि पोखराको विकसित रुप साविक लेखनाथ भएकाले यस क्षेत्रमा आम उपभोक्ताहरुको लागि गुणस्तरिय सेवा निरन्तर दिन सके यसको भविष्य राम्रो छ । ”

 

पोखराको मुख्य बजार क्षेत्रमा आम उपभोक्ताहरुको प्रयोगले आफुहरु प्रभावित भई सम्भावना बोकेको तालचोक क्षेत्रमा धेरै  भएर आफुहरुले पोखरामै अर्को शाखा विस्तार गरेको भायनेटका प्रमुख कार्यकारी अधिकृत सेवा पाठकले बताइन्। फाइवरमा आधारित द्रूत गतिको  इन्टरनेट भएकोले आफुहरु केही समयमै देशका थप १० वटा शहरहरुमा पुग्ने  लक्ष्य राखेको उनले जनाइन्। नेपालमा एडिएसएल पछि तेस्रो स्थानमा भायनेटको स्थान रहेको उनले दावी गरिन ।

भायनेटले ६ महिनामा पोखरामा करिब २ हजार ग्राहकहरु बनाउन सफल भएको कम्पनीले दाबी गरेको छ । आफुहरुको इन्टरनेट जडान गर्दा ८० भन्दा बढी च्यानलहरु समेत निःशुल्क दिएको पोखराका शाखा प्रमुख कृष्ण सुवेदीले बताए । उनका अनुसार उद्घाटनको अवसरमा पोखरामा एक बर्षको प्याकेजमा थप दुई महिना निःशुल्क सेवा प्रदान गरिने भएको छ ।

कम्पनीले होम प्याकेज अन्तर्गत  एक महिनाको २० एमबीपिएसको १ हजार ४ सय देखि ६० एमबीपिएसको २ हजार १ सय ५० रुपैया शुल्क कम्पनीले निर्धारण गरेको जनाएको छ ।  एक बर्षको प्याकेजमा नेट टिभि फ्रि सहित १४ हजार देखि २० हजारको प्याकेज कम्पनीले उपलब्ध गराएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button