गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा प्रजु

दीननाथ बराल, पोखरा न्यूज-१७ , साउन । गण्डकी प्रादेशिक क्रिकेटे संघको विशेष साधारण सभाबाट देवेन्द्र प्रजुको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको छ ।

कास्की जिल्ला क्रिकेट संघको पहलमा शुक्रबार पोखराको एक होटलमा भएको विशेष साधारण सभाले कास्कीका प्रजुको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन भएको हो ।

त्यसै गरी उपाध्यक्षमा स्याङजाका दीपक पोख्रेल (दिपानु), सचिवमा तनहुँका सुमनराज कार्की, कोषाध्यक्षमा नवलपुरका प्रकाश पौडेल र सदस्यहरुमा स्याङजाका दीवाकर थापा, तनहुँका अर्जुन कुमार श्रेष्ठ, कास्कीका विमलमान गुभाजु, नवलपुरका ईन्द्र सिग्देल, कास्कीका ऋषीराम गौतम, कास्कीका संञ्यकान्त सिग्देल, नवलपुरका सुमन पण्डित, तनहूँका अतिश कुमार खड्का, स्याङजाका अर्जुन कुमार थापा रहेकाछन्।

प्रादेशीक संघ गठन भए पनि कास्की सहित स्याङजा,तनुहुँ र नवलपुरका प्रतिनिधिहरु अधिवेशनमा सहभागि भएका थिए । डडेलधुराबाट शुरु भएको संघको अधिवेसनको अभियान गण्डकी प्रदेशमा दोश्रो पटक भएको हो । श्रेष्ठको नेतृत्वमा देशै भरी संघको विशेष साधारण सभा हुन लागेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button