जिम्मेवार पाए पुनः दोहोरीने इच्छा छ: गुरुङ

दीननाथ बराल, पोखरा न्यूज-१७ , साउन । कास्की जिल्ला खेलकुद विकास समितीका अध्यक्ष यम बहादुर गुरुङले जिम्मेवार पाएको खण्डमा पुनः एक कार्यकाल समितिको अध्यक्षको जिम्मेवार सम्हाल्न इच्छा व्यक्त गरेका छन्।

उक्त समितिको पदमा रहेको चार वर्षको कार्यकाल आज (साउन १२ ) देखि पुरा भएकाले आफ्नो कार्यकालको कार्य प्रगति बारे चर्चा गर्दै आगामी एक कार्यकालको जिम्मा पाएमा त्यसमा आफु तयार रहेको जनाए ।

उनले भने “पोखरा रंगशालाको ४ सय १७ रोपनी क्षेत्रफल भएको ठाउँमा खेलकुदका धेरै पूर्वाधार निर्माण भएका छन, केही निर्माणको प्रक्रियामा छन्, निर्माण हुँदै गरेका संरचनाको पुरा गर्ने काम आगामी आउने समितिको काधमा आउने छ । ”

समिति गठन भएको केही समय पछि खेलकुदमा बैठक भत्ता समेत नपाउने भए पछि समितिका केही सदस्यहरु बैठकमा नआउने गरेको उनले गुनासो गरे । १३ औं साग गेम्सका केही खेल र ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा गर्नको लागि समितिको विशेष भूमिका हुने उनले जनाए ।

आफु आउदा एक लाख ८६ हजारको हाराहारीमा रकम मौजदात रहेकोमा हाल १३ लाख ४१ हजार रुपैया रहेको उनले जनाए । आफ्नो पालामा दुई लाख दिएर शुरु भएको भलिबल एकेडेमी हाल निर्माण भएको, ह्याण्डबल एकेडेमी, रंगशालको मुल गेटदेखि फुटबल मैदानको प्रवेश द्धारसम्म पिच निर्माण गरिएको जनाए ।

४ वटा राष्ट्रपति कपमा कास्की विजेता भएको दाबी गर्दै उनले आफ्नो पालामा खेलकुद र खेल पूर्वाधार निर्माणमा केही सुधार भएको जनाए ।  समितिलाई आम्दनीको स्रोत बनाउन रंगशालाको पूर्व तथा उत्तर तर्फ केही सटर निर्माण गर्ने योजना अघि सारिएको उनले जनाए ।

राखेपका सदस्य राजेश कुमार गुरुङले खेलकुदमा राजनीतिक व्यक्ति भन्दा खेलकुदको मर्म र भावना बुझेको मान्छे खाँचो भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button