बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने सन्देश दिन पोखरामा नाटक प्रर्दशन

दीननाथ बराल,  पोखरा न्यूज-१७ , साउन । पोखराको सिमपानी स्थित स्पाइरल ग्यालेक्सी माविका विद्यार्थीहरुले बालबालिकाहरुलाई विद्यालयमा पठाउनु पर्छ भन्ने सन्देश मुलक नाटक प्रर्दशन गरेका छन्।

पोखरा उद्योग बाणिज्य संघको सभाहलमा विद्यालयका २३ जना विद्यार्थीहरुको एक टिमले उक्त सन्देश मुलक नाटक शुक्रबार प्रर्दशन गरेको विद्यालयका प्राचार्य नारायण शर्मा चापागाईले बताए ।

सुइडेनी नागरिक सान्ने इरेक्सनले निर्देशन गरेको पिनाकियो नाटकमा सुइडेनकी अर्की नागरिक मारिया माम्स्टनले कोरियोग्राफि गरेकी हुन् । सुदिन ढकालले पिनाकियो, बाबुको भूमिकामा आदित्य पौडेलले प्रहशन गरेका थिए ।

स्पाइरल सहित रत्न ज्योति,बाल प्रभात, हिल प्वाइन्ट स्कुलका विद्यार्थीहरुले शुक्रबार नाटक अवलोकन गरेका थिए भने नाटक बिहिबारदेखि प्रर्दशन गरिएको थियो । नाटकका लेखक कार्लो ग्लोरी हुन् ।

अझै पनि विभिन्न कारणले विद्यालय नगएका वा खराब कुलतमा लागेर विद्यालय जाने उमेर समुहका बालबालिकाहरु विद्यालय सम्म नगएको हुदा उनीहरुलाई विद्यालय पठाउनु पर्छ भन्ने सन्देश दिन पनि नाटक मन्चन गरिएको विद्यालयले जनाएको छ । विद्यालयले यस अघि पनि विभिन्न टानक मन्चन गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button