पहिरोमा परी २ जना बेपत्ता

पोखरा न्यूज- १८ , साउन । दोलखा गौरीशङ्कर गाउँपालिका–१ मा गएराति गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । पहिरोमा परी गौरीशङ्कर गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय निशान खड्का र ५५ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएका छन् ।

हिजो काठमाडौँबाट दोलखाको जुगँको लागि छुटेका यात्रुबाहक बस जुँगुखोलामा फसेपछि सोही बसमा रहेका आफन्तको उद्धारका लागि आएका खड्कालाई पहिरोले पुरेको वडाध्यक्ष बसन्त कार्कीले जानकारी दिए । बसमा सवार करीब २० यात्रुको भने सकुशल उद्धार गरिएको छ । उनका अनुसार सोही पहिरोमा परी खत्री पनि बेपत्ता भएका छन ।

उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए  । रातिदेखि झरेको पहिरोका कारण जुँगुको काँसीघारे, झगरे पात्ले र अप्लेपुलगायतका स्थानका सयभन्दा बढी घर उच्च जोखिममा रहेको बताइएको छ ।

पहिरोमा परी अन्य केही स्थानीयवासी पनि सामान्य घाइते भएका छन् । अहिले इलाका प्रहरी कार्यालय मैनापोखरी र जिरीबाट प्रहरी घटनास्थलतर्फ गएको जनाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button