नेपालकै सर्वोत्कृष्ट नतिजा ल्याउने पोखराकी छात्रालाई १ लाख पुरस्कार

पोखरा न्यूज – १८, साउन । प्रतिभा मावि पोखराले राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा सञ्चालित कक्षा–१२ को व्यवस्थापन सङ्कार्यतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छात्रा सुरती पाण्डेलाई सम्मान गर्ने भएको छ ।

सो विद्यालयद्वारा आज आयोजित पत्रकार भेटघाटमा आफ्नो विद्यालयकी छात्रा पाण्डेले पोखराकै सर्वोत्कृष्ट ३.९२ जिपिए ल्याउन सफल भएकाले उनलाई रु एक लाख नगदका साथै उनका कक्षा–७ मा अध्ययनरत भाइ सचितराज पाण्डेलाई कक्षा–१२ सम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ ।

सोही अवसरमा विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं अटोवेज प्रालिका सञ्चालक नारायण पौडेलले अटोवेजतर्फबाट रु ५० हजार पुरस्कारस्वरुप प्रदान गर्ने घोषणा गरे । सो अवसरमा विद्यालयका प्राचार्य विष्णुगोपाल पराजुलीले आइतबार विद्यालयमा सम्मान कार्यक्रमको अवसरमा उक्त राशिको पुरस्कार प्रदान गर्ने उल्लेख गर्दै सुरतीले प्राप्त गरेकी उत्कृष्ट नतिजाबाट आफुहरु गौरवान्वित भएको बताए ।

सोही अवसरमा विद्यालयका सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले सामान्य परिवारकी सुरतीको सफलताले अन्य विद्यार्थीलाई प्रेरणा प्राप्त हुने उल्लेख गर्दै उच्चस्तरको शिक्षा प्रदान गर्न आफुहरु प्रतिबद्ध रहेको बताए ।

बाल्यकालमै पिता गुमाएकी छात्रा सुरती पाण्डेले आफ्नी आमाको सङ्घर्षको कारण यो सफलता प्राप्त भएकाले आमाकी इच्छाअनुरुप चार्टड एकाउनटेन्ट बन्ने चाहना रहेको सो अवसरमा जानकारी गराइन । उनले आमाको अथक मेहनतले गर्दा आफुे यो सफलता पाएकाले यसको सम्पूर्ण यश आमाप्रति समर्पण गर्दै अब आमाको आँखामा आँशु आउन नदिनतर्फ सदैव तत्पर रहने प्रतिबद्धता प्रकट गरिन ।

दृढ निश्चय भएमा केही असम्भव नरहेको उल्लेख गर्दै सुरतीले विद्यालयका शिक्षकहरुले आफुलाई सदैव उत्साहित गर्नुका साथै अभिभावकतत्वको जिम्मेवारीसमेत निर्वाह गर्नु भएकाले उनीहरुप्रति कृतज्ञतासमेत प्रकट गरिन । कक्षा–११ र १२ सम्मको पढाइमा सुरती छात्रवृत्तिमा अध्ययन गरेकी हुन् ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Prativa le advertisement ko laagi expenses gareko…gpa le rank hudaina so don’t compare

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button