पोखरा न्यूज-१९, साउन । पोखरा तर्फ आउदै गरेको बस तनहुँको बन्दीपुर गाउँपालिका-५ ढावमा दुर्घटना हुँदा बसमा सवार १९ यात्रु घाइते भएका छन् ।
म्याग्दीको बेनीका लागि नारायणगढबाट छुटेको बा ४ ख ५९८८ नं को बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते मध्ये १ जनालाई थप उपचारका लागि पोखरा तर्फ ल्याइएको छ भने अन्य १८ जनाको डुम्रे बजारस्थित लक्ष्मी अस्पतालमा उपचार भैरहेको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाएको छ । बसमा ३३ जना यात्रु सवाररत थिए ।