पोखरा तर्फ आउदै गरेको कार र बुटवल तर्फ जादै गरेको ट्रक ठक्कर खादाँ २ घाइते

पोखरा न्यूज – १९, साउन । पोखरा तर्फ आउदै गरेको कार र पोखराबाट बुटवल तर्फ जादै गरेको ट्रक एक आपसमा ठक्कर खादाँ दुई जना घाइते भएका छन् ।

वालिङ नगरपालिका-१३ बायाँटारी स्थित सिद्धार्थ राजमार्गमा आइतवार बुटवल तर्फ जादै गरेको लु १ ख ८३८४ नम्वरको  ट्रक र बिपरित दिशाबाट आउदै गरेको बा १५ च ८२५४ नम्बरको  कार एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा कारमा सवाररत २ जना रहेको र उनीहरुलाई उपचारको लागि अस्पताल तर्फ पठाइएको  प्रहरीले उल्लेख गरेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ   ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button