स्याङ्जामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा २ घाइते

पोखरा न्यूज – २०, साउन । स्याङ्जामा आइतवार स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा २ जना घाइते भएका छन् ।

स्याङ्जा भिरकोट नगरपालिका – १ बयरघारीमा हेलुतर्फ जाँदै गरेको बालज्योती सेकेन्डरी बोर्डिङ स्कुलको अस्थाई लु.अ.अ.ब. ३२७२ नम्बरको बस र विपरित दिशाबाट आँउदै गरेको ग १४ प ८४३३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मोटरसाइकल चालक स्थानीय १८ बर्षीय  धन बहादुर मगर र मोटरसाइकलको  पछाडि सवार १६ बर्षीय विशाल मगर घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

घाइते दुवैजनालाई  उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको  प्रहरीले उल्लेख गरेको छ ।  प्रहरीले
बस चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button