तनहुँमा पर्यटक मृत फेला

पोखरा न्यूज : २०, साउन । तनहुँ बन्दिपुर गाउँपालिका–४ स्थित सिद्धगुफा जाने मार्गमा हिजो आइतबार एक स्पेनी पर्यटक मृतावस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा स्पेनका लुइज कार्लोस रहेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले जानकारी दिए । मृतक कार्लोसका साथबाट परिचयपत्र भेटिएको उनले बताए ।

एशियाकै ठूलो गुफा दाबी गरिएको सिद्धगुफा गएर बन्दिपुर बजार उक्लिने क्रममा अचानक ढलेका कार्लोसको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीको भनाइलाई उदृत गर्दै पाण्डेले जानकारी दिए ।

शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको उनले जानकारी दिए  । घटनाको स्थानीयवासीले खबर गरेलगत्तै प्रहरी टोली खटाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button