साग गेम अगावै पोखराका ४ स्थानमा ट्राफिक लाइट जडान हुन्छ – मेयर जिसी

पोखरा न्यूज- २०, साउन । पोखरा महानगरका प्रमुख प्रमुख मानबहादुर जिसीले १३ औ  दक्षिण एसियाली खेलकुद सागलाई मध्य नजर गरेर पोखराका ४ वटा चोकमा ट्राफिक लाइट जडान गरिने बताएका छन् ।

महानगरपालिकाले समग्र पोखराको यातायात व्यवस्थापन गर्न विस्तृत योजना बनाइरहेको बताउदै मेयर जिसीले आगामी मंसिर भित्रमा पोखराका पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक जस्ता  मुख्य ४ वटा चोकका ट्राफिक लाइट जडान हुने बताएका हुन् । सोमबार पोखरामा आयोजित  ट्राफिक कोण हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर जिसीले आगामी मंसिर भित्रमा ट्राफिक लाइट, सिर्जनाचोकमा आकाशे पुल र महानगरका  मुख्य ठाउँहरुमा सिसिटिभी जडान  समेतको योजना रहेको जानकारी दिए ।

महानगरपालिकाले ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउन भन्दै  जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ४ सय ९६ थान ट्राफिक कोण हस्तान्तरण गरेको हो । मेयर  जिसी र गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी निरीक्षक मुरारी मिश्रलाई ट्राफिक कोण हस्तान्तरण गरेका हुन् ।

ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएपनि सुधार गरेर लैजान महानगर लागि परेको मेयर  जिसीको भनाइ छ । पोखराका केही सडकहरुमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता भएको पनि उनले औल्याए । भदौ १ गतेदेखि पोखरा भित्र सञ्चालन हुने सार्वजनिक यातायात बसहरुमा इ—टिकटिङ लागू गरिने र त्यसलाई क्रमश कार्ड सिस्टमा लैजाने तयारीसहित काम भइरहेको जिसीले जानकारी दिए । महानगरपालिकाले जनताले तिरेका करबाट नै ट्राफिक कोण वितरण गरेकाले यो जनाताको सम्पत्ति भएकाले जतन गर्न आम नगरबासीलाई प्रमुख जिसीले आग्रह गरे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख, डिआइजी विनोद शर्मा घिमिरेले ट्राफिक कोणले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने बताए । पोखराको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन प्रयास गरिरहेको बताउँदै डिआइजी घिमिरेले जनशक्ति व्यवस्थापनमा पनि प्रदेश प्रहरी कार्यालयले ध्यान दिइरहेको बताए । सुन्दर पोखरालाई अझ सुन्दर बनाउनमा सबैको साथ र सहयोग आवश्यक पर्ने उनको भनाइ छ ।

कार्यक्रममा एसपी वीरेन्द्रकुमार बस्याल, पोखरा महानगरपालिका इन्जिनियर सुन्रेन्द्र पौडेलले पोखराको ट्राफिक व्यवस्थापनको बारेमा बोलेका थिए । जिल्ला ट्राफिक कर्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले पोखरामा १ सय जना ट्राफिक प्रहरी कार्यारत रहेपनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २ सय ५० जनशक्ति आवश्यक भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button