बागलुङ रिघामा पहिरो: लोकमार्ग अवरुद्ध

पोखरा न्यूज – २१, साउन । बागलुङ गलकोट नगरपालिका–११ रिघा, फेँदीमा आज बिहान खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध बनेको छ । पहिरोले जिल्लाको पश्चिम भेगको यातायात सेवा प्रभावित बनेको छ ।

लोकमार्ग खुलाउन प्रयास भइरहेको वडाध्यक्ष डम्बर श्रीसले बताए । “हटियाबाट डोजर आउँदैछ, डेढ/दुई घण्टामै लोकमार्ग सञ्चालन हुन्छ”, उनले भने । पहिरोले अवरोध सिर्जना गरेपछि लोकमार्ग हुँदै लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन बीचमै रोकिएका छन् ।

उता, बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा तुरतुरेमा बाढीले लोकमार्गमा क्षति पुर्याएपछि सोमबारदेखि नै यातायात सेवा प्रभावित बनेको छ । त्यहाँ वैकल्पिक सडक सञ्चालनका लागि तयारी भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button