दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

पोखरा न्यूज – २२, साउन । पूर्वी चितवनको राप्ती नगरपालिका–२ पिप्लेमा आज दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ बस्ने २१ वर्षीय सञ्जय कँडेल रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना४०प १५८३ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना३४प ७१६८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो । दुर्घटनामा घाइते ना४०प १५८३ नंको मोटरसाइकल चालक कँडेलको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का मोटरसाइकल चालक खैरहनी नगरपालिका–६ का ४८ वर्षीय शिवनारायण चौधरी घाइते भएका छन  । चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्था खतरामुक्त रहेको र दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button