तनहुँमा पर्यटक बस र ट्रक ठोक्किँदा ९ घाइते

पोखरा न्यूज – २२, साउन । तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा नौ जना घाइते भएका छन् ।

काठमाडौँबाट दमौलीतर्फ आउँदै गरेको बा १ प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशाबाट गुडिरहेको ना ६ ख ५८६५ नम्बरको ट्रक एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी घाइते भएकाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते भएका सबै जना खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button