तनहुँमा ५२ वर्षीया महिला मृत फेला

पोखरा न्यूज – २२, साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित मस्र्याङ्दी बाधमा नदीमा आज एक महिला मृतावस्थामा फेला परेकी छिन् ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी अनुसार मृत्यु हुनेमा गोरखा पालुङ्टार नगरपालिका–३ निवासी ५२ वर्षीया फूलमाया सार्की रहेकी छिन् ।

मङ्गलबार बिहान करीब ८ बजे घरबाट निस्केकी फूलमाया आज दिउँसो मस्र्याङ्दी नदी ड्याममा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीले लामो समया लगाएर शव बाहिर निकालेको थियो ।

शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।  ती महिलाले आत्महत्या गरेकी हुन् वा नदीले बगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button