बागलुङमा पहिरो पहिरोमा परी घाइते भएकालाई राहत प्रदान

पोखरा न्यूज – २२, साउन । गण्डकी प्रदेश सरकारले यही साउन २० गते राति बाग्लुङको तमानखोला गाउँपालिका–४ लाममेलामा पहिरोमा परी घाइते भएकालाई राहत प्रदान गरेको छ ।

पहिरोमा परेर घाइते भई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका सोही स्थान बस्ने वर्ष ४५ का औमबहादुर, वर्ष १६ का अनिल र वर्ष ९ का राम श्रीपालीलाई सरकारको तर्फबाट आज आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जनही रु २५ हजारका दरले राहत उपलव्ध गराए ।

घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले उपचारमा कुनै पनि कमी हुन नदिन स्वास्थ्यकर्मीलाई निर्देशन दिए । प्राकृतिक विपत्तिमा परेकालाई उपचारमा सहयोग गर्ने नीतिअनुसार विपद् सम्बन्धी खोज, उद्धार तथा राहत मापदण्ड २०७५ अनुसार प्रकोपका घटनामा परेकालाई सो सहयोग गरिएको मन्त्री चुमानले बताए ।

राहत वितरण तथा घाइतेको स्वास्थ्य अवस्था बुझ्न बागलुङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, चन्द्रबहादुर थापा, दीपा रोकामगर, सावित्रा राना तथा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गोविन्द नेपाली अस्पताल पुग्नुभएको थियो ।

सो घटनामा परी वर्ष ४५ की पञ्चकुमारी, वर्ष ७० की असरी र वर्ष १२ का प्रवीण श्रीपालीको घटनास्थलमै ज्यान गएको थियो भने तीन जना घाइते भएका थिए । घाइतेहरुलाई भोलिपल्ट नेपाली सेनाको हेलिकप्टरबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याई उपचार भइरहेको छ ।

            बागलुङमा पहिरो: ३ को मृत्यु, ७ घाइते

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button